Monday, September 5, 2016

सुरक्षागार्डलाई श्रम स्वीकृति नदिन श्रम समितिको निर्देशन


संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशमा काम गर्न जाने नेपाली सुरक्षागार्डलाई श्रम स्वीकृति नदिन  निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले  सुरक्षागार्डमा काम गर्न जाने कामदारहरु ठगीमा परेको भन्दै श्रम स्वीकृति नदिन श्रम मन्त्रालयलाई निर्देशन दिएको हो।

मिनबहादुर विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय उपसमितिले  विदेशमा नेपाली सुरक्षागार्डको अवस्थाबारे अध्ययन प्रतिवेदन पेश नगरेसम्म सो काम रोक्न समितिले निर्देशन दिएको हो । समितिले एक महिनाभित्रमा प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ।

बैठकमा श्रम सचिव विष्णुप्रसाद लम्सालले विदेश जान लागेकोहरुसँग म्यानपावरले ठग्ने क्रम नरोकिएको बताए। बैठकमा सांसदहरुले विदेशमा जाने नेपाली कामदारको अवस्था नाजुक रहेको र उनीहरुमाथि चरम शोषण भइरहेको बताएका थिए। मलेसिया, साउदी अरव लगायतका देशमा सुरक्षागार्डले बढी समस्या झेल्नु परेको उनीहरुले बताए। सांसदहरुले चर्को रकम असुल्ने म्यानपावरहरुलाई कारबाही गर्नुपर्ने माग राखे ।


सेताेपाटीबाट साभार 

No comments:

Post a Comment